७ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, रक्सी पिएर सेक्स गर्दा के हुन्छ त ?


हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । पहिलाको समयमा भन्दा अहिले थोरै मात्रामा हाम्रो समाजले यसलाई सहजता लिएको देखिन्छ ।

रक्सी पिएर सेक्स गर्दा हाम्रो स्वास्थ्यको लागि कतिको उचित छ त ? हामी यस विषयमा कुरा गर्नेछौं, विशेष गरी हाम्रो समाजमा रक्सी पिएर सेक्स गर्दा बढी आनन्द आउछ भन्ने भ्रम छ तर यो गलत हो । सेक्स गर्दा रक्सी पिएर गर्दा अस्थायी रुपमा सकारात्मक परिणाम देखाएपनि दीर्घकालमा यसले नकारात्मक परिणाम देखाउन थाल्ने हुँदा सकेसम्म मादक पदार्थ सेवन गरेर यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ । मादक पदार्थबाट निश्चय नै शक्ति पैदा हुन्छ । तर यसले पुरुष र महिलावीच हुने भावनात्मक सम्बन्धमा भने कमि ल्याउछ ।

रक्सीले व्यक्तिलाई तत्काल उत्तेजना ल्याउने काम बाहेक भावनात्मक काम गर्दैन । यौन सम्पर्क गर्दा एक व्यक्तिले मात्र रक्सी पिएर गरेको छ भने अर्कोलाई त्यसले सकारात्मक असर गर्दैन । यदी दुबैले मादक पदार्थ सेवन गरेका छन् भने पनि यसले क्षणिक बेहोरीपन बाहेक वास्तविक यौन आनन्द प्रदान गर्न सक्दैन । तर कसहलेकाही कामबाट थाकेको अवस्थामा, कामको तनाव भएको बेला वा रमाइलोका लागि थोरै रक्सीले यौन आनन्दमा कमि ल्याउँदैन ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !