६ बैशाख २०८१, बिहिबार

यी गुण भएका युवकसँग मोहित हुन्छन् युवतीहरु


प्राय: युवकहरु युवतीलाई आकर्षित गर्न केही न केही गरिरहेकै हुन्छन् । तर, हत्पती कुनै पनि युवती उसको जालमा परिहाल्दैनन् । अझ विवाह र ट्रू रिलेशनसिपका सवालमा युवतीहरु निकै समझदार हुन्छन् । यसैक्रममा गरिएक एक अनुसन्धानले केही यस्ता तथ्यहरु पत्ता लगाएको छ, जसमा युवतीहरु छिट्टै आकर्षित हुन्छन् । शिक्षा, पेशा, रुप र पैसा त सबैले बुझेकै कुरा हुन्, जसमा युवतीहरु लोभिन्छन् । केही यस्ता गुणहरु पनि हुन्छन्, जसले युवतीलाई छिट्टै लोभ्याउँछ ।

मेधावी र चलाख
प्राय: युवतीहरु चाहन्छन्, आफ्नो प्रेमि हरेक कुरामा चलाख र मेधावी होस् । आफ्नो फिल्डमा मात्रै होइन, देश-दुनियाका हरेक कुराका बारेमा जानकार होस् । सामान्यज्ञानमा चलाख होस् । समाचारमा चासो राखोस् ।

संवेदनशील
एक सर्भेका अनुसार हरेक कुरालाई सम्वेनशीलताका साथ लिने युवकहरु पनि युवतीहरुको रोजाइमा पर्ने गरेका छन् । जसको बात गर्ने तरिका आकर्षक होस्, अरुको भावनाको कदर गरोस्, आफ्नो कामलाई गम्भीरताका साथ लिगोस्, आदि ।

सेन्स अफ ह्यूमर
जसको सेन्स अफ ह्यूमर राम्रो हुन्छ, त्यो व्यक्ति पनि केटीहरुको रोजाइमा बढी पर्ने गरेको पाइएको छ । यस्तो व्यक्ति आफूमात्रै खुसी हुने होइन, आफूसँग हुने सबैलाई खुसी राख्न सक्छ भन्ने बुझाइ रहेको पाइन्छ ।

सहयोगी
युवतीहरु चाहन्छन् कि आफ्नो प्रेमिले आफूलाई आवश्यक पर्दा सहयोग गरोस् । महिलालाई सम्मान गरोस् । दयालु होस् ।

खाना बनाउन शौखिन
यो तथ्य निकै रोचक छ । खाना बनाउन शौखिन युवकहरु पनि युवतीको रोजाइमा पर्ने गरेको अनुसन्धानको निष्कर्ष छ । किचनमा आफूलाई सघाओस् भन्ने उनीहरु चाहन्छन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !