७ बैशाख २०८१, शुक्रबार

राती अबेरमा खाना खानुका बेफाइदाहरु


विश्वमा सबैभन्दा लामो आयु बाँच्नेमा जापानीहरु अग्रपंक्तिमा छन् । सामान्यत ९० वा एक सय बर्षसम्म उनीहरु तन्दुरुस्त हुन्छन् । जापानीहरु किन लामो आयु बाँच्छन् भनेर विभिन्न अध्ययन भएका छन् । त्यसको निचोडमध्ये एउटा हो, उनीहरुको खानपान । जापानी उखान नै छ, ‘बिहानको खाना आफु खानु, दिउसोको साथीसँग बाढेर खानु, रातीको सत्रुलाई दिनु ।’ यसको अर्थ के हो भने, बिहानदेखि क्रमस खानेकुराको मात्रा घटाउँदै लानुपर्छ ।

हाम्रा ऋषिमुनीहरुले पनि सूर्योअस्तपछिको खाना बर्जित गरेको छ । साँझ सूर्य अस्ताइसकेपछि गरिने भोजनले शरीरमा पोषण होइन, विष पैदा गर्छ । तर, जमना बद्लिएको छ । अहिले हामी ‘डिनर’मा अभ्यस्त छौं । डिनर अर्थात रातको खाना । यो पनि भव्य हुनुपर्छ । संभव भए, माछामासु होस् । वाइन होस् । यस्तो गरिष्ठ भोजन गर्ने संस्कार हुर्कदैछ । आधुनिकताको नाममा हामी यसको नक्कल गरिरहेका छौं । राती ८, ९ वा १० बजे डिनर गर्ने तालिका छ, धेरैको । ११ बजे ओछ्यानमा घुस्रन्छौं । खाना खाएर केही समय विश्राम गर्नसाथ ओछ्यानमा घुसि्रन्छौं र लमतन्न परेर सुत्छौं । अब हामीले खाएको खाना शरीरभित्र के भइरहेको होला ?

  • मोटोपन

राती अबेर खाएको खानालाई पाचन यन्त्रले पचाउनका लागि समस्या हुन्छ । जसको कारण शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसले मुटु रोगको खतरालाई पनि बढाएर लान्छ । शरीरमा तौल बढ्ने मुख्य कारण अबेर गरिने भोजन हो । ढिलो सुत्दा पनि मोटोपनको समस्या हुन्छ ।

  • तनाव

खान ढिला गर्दा निद्रा पनि समस्या हुन थाल्छ । जसले बिहानदेखि वेलुकीसम्म थकाईको अनुभुति गराउँछ । जसले तनाव निम्त्याउँछ । त्यसैले, तनावमुक्त जिन्दगी चाहने भने बुलुकीको खाना छिटो खाने र सुत्ने बानी बसाउन जरुरी हुन्छ ।

  • उच्च रक्तचाप

खाना खाएपछि काम नगर्दा शरीरले खानालाई राम्रोसँग पचाउन सक्दैन । जसको कारण उच्च रक्तचापको समस्या सृजना हुन जान्छ ।

  • मधुमेह

ढिला खाएको खााले मधुमेहको समस्या पनि निम्त्याउँछ । प्रायले खानापछि गुलियो खान्छन् । जसको कारण पनि रगतमा चिनीको मात्रा बढ्न थाल्छ । जुन अस्वस्थताको कारण बन्छ ।

  • अपच

कतिपय मानिसमा अपचको समस्या हुन्छ । त्यस्ता मानिसले त अझ कहिल्यै पनि ढिलो डिनर गर्नु हुँदैन । किनकी ढिलो डिरन गर्ने बानीले समस्यलाई थप बढाएर लैजान्छ ।

  • छटपटी

यदि तपाई राम्रोसँग पुरा निद्रा सुत्न पाउनुभएको छैन भने त्यसको असर शारिरिक मात्र नभएर मानसिक स्वास्थ्यमा पनि पर्न जान्छ । किनकी यसो हुँदा दिमागले पर्याप्त आराम पाउँदैन । जसले छटपटीको समस्या निम्त्याउँने गर्छ ।

  • अनिद्रा

डिनर ढिलो गरेर सुत्दा खाना फुड पाइपमा आएर बस्न सक्छ । जसको कारण बेचैन र छटपटि हुन थाल्छ । अनि निद्रा पर्नै गाह्रो हुन्छ ।

  • स्वस्थ जीवनका लागि

स्वस्थ जीवनको लागि खाने र सुत्नेको उपयुक्त नियम बनाउन जरुरी हुन्छ । ढिलो खादा स्वास्थ्य अवस्था र समय व्यवस्थापन दुवैमा नकरात्मक असर पर्न जान्छ । विहान छिटो उठ्ने र रात छिटे सुत्दा जीवन सहि चक्रमा दौडन्छ ।

आयुर्वेदले पनि स्वास्थ्य जीवनका लागि सहि समयमा सुत्ने र विहान सहि समयमा उठ्ने, समयमा खाने नियम बनाउन जरुरी रहेको बताउँछ । त्यसैले, अवेर डिनर गर्ने वानी छ भने आजैबाट सुधार्न जरुरी छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !