१३ बैशाख २०८१, बिहिबार

आफु सधै जवान देखिइरहनको लागि प्रयोग गर्नुहोस् यी कुराहरु


  • तपाईको आँखीभौँ भद्दा र गलत सेपको छ भने त्यसलाई ट्रिम गरेर नयाँ लुक दिनुहोस् । तपाई आफ्नो उमेरभन्दा केही कम देखिनुहुनेछ ।
  • हरेक दिन अनुहार, हात र घाँटीमा मोइस्चराइज गर्नुहोस् । त्यसले तपाईको छालालाई ताजा र स्वस्थ देखाउँछ ।
  • निद्रा पूरा गर्नु जरुरी छ । यसो गर्दा तपाईको शरीरले आराम र पुनर्ताजगी पाउनेछ । निद्राको कमीले मानिसलाई चाँडै बुढ्यौलीर्फ लैजान्छ । त्यसैले दैनिक ८ घन्टा सुत्नुहोस् ।
  • शरीरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् । मिठाइ, सोडाजस्ता खाद्यान्न नखानुहोस् ।
  • भिटामिन सीयुक्त खानेकुरा पर्याप्त खानुहोस् । तपाईको दैनिक खाद्यान्नमा ७५ एमजीबराबर भिटामिन सी समावेश हुनु आवश्यक छ । दुईवटा मध्यम साइजका सुन्तलामा योबराबर मात्रा पाइन्छ । तपाईको उमेर र तौल हेरेर भिटामिन सीको प्रयोग योभन्दा बढी पनि गर्नुपर्ने हुन सक्छ । यसले चाउरीपन बढ्नबाट जोगाउँछ ।
  • दाँतलाई सधैँ सेतो राख्नुहोस् । राम्रो टुथपेस्ट प्रयोग गर्नुहोस् । चम्किलो र सेतो दाँतले तपाईलाई हँसिलो र युवा देखाउँछ ।
  • चिया र कफीले तपाईको दाँतमा असर गरिरहेका हुन्छन् । त्यसैले यसको सेवन कम गर्नुहोस् ।
  • तपाईको खुट्टा र हातले पनि तपाईको उमेरमा फरक पार्छ । त्यसैले हात–खुट्टा सधैँ सफा र टिपटप राख्नुहोस् ।
  • नियमित आँखाजाँच गर्नुहोस्, किनकि तपाईले थाहा नपाई तपाईको आँखाको शक्ति बिस्तारै कम हुँदै गएको हुन सक्छ ।
  • तपाईको छालामा खैरो दाग तथा चाया, पोतो देखिएको छ भने त्यसको प्राकृतिक उपचार सुरु गर्नुहोस् । कागतीको जुसमा हल्का पानी मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । कागतीले ब्लिचको काम गर्नुका साथै बिस्तारै तपाईका दागहरूलाई कम गर्दै लैजान्छ ।
  • लाइट कलरको आइस्याडो लगाउँदा तपाईको आँखा चम्किलो देखिन्छ । यसले तपाईलाई भर्खरको देखाउँछ । तर, चम्किलो देखाउने नाममा कडा केमिकलयुक्त आइस्याडोको प्रयोग गर्नुभयो भने चाउरीपन बढ्ने खतरा रहन्छ ।
  • लाइट कलरका पोसाकले तपाईलाई भर्खरको देखाउँछ । तर, कपडाको चयन गर्ने विषय तपाईको व्यक्तिगत हो । कपडा छान्दा आफूलाई कस्तो सुहाउँछ, त्यही आधारमा छान्नुहोस् ।
  •  सुत्ने वेलामा मेकअप हटाउनुहोस् । स्वस्थ रहन र ब्लक भएका पोर्सहरू खोल्न पनि मेकअप हटाउनु जरुरी छ । दिनभरि तपाईंको छालामा जम्मा भएका प्रदूषण मेकअप नपुछेको खण्डमा जस्ताको तस्तै रहन्छन् र तपाईको छालालाई ड्यामेज गर्छन् ।
  • जवान देखिने अर्को उपाय हो, प्राकृतिक उत्पादनहरूको प्रयोग । ओलिभ, नरिवल, स्विट आल्मन्डलगायत तेलले राम्रो मोइस्चराइजर, क्लिन्सर र अलराउन्ड ब्युटीको काम गर्छन् ।
  • लिपस्टिक छनोट गर्दा ध्यान दिनुहोस् । विनामेकअपमा डार्क लिपस्टिक प्रयोग गर्दा तपाई उमेरभन्दा बढीको देखिनुहुन्छ भने लाइट लिपस्टिक प्रयोग गर्दा भर्खरको । त्यसैले चम्किलो र लाइट लिपस्टिकको प्रयोग गर्नुहोस् । एजेन्सी

यो पनि पढ्नुहोस्

पुरुषले महिलालाई प्रभावित गर्न बोल्ने ७ झुटहरु

हाम्रो दाँत चम्किलो पार्ने उपाय

अनुहार चम्किलो र सुन्दर बनाउने तरिकाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !