८ बैशाख २०८१, शनिबार

स्मरण शक्तिलाई सँधैका लागी फुर्तिलो बनाउन खानुहोस् यी चिज


Musuro

खानपान र स्मरणशक्तिको पुरानो सम्बन्ध छ । विभिन्न अध्ययन पश्चात यो प्रमाणित भइसकेको छ कि उपयुक्त आहाराले स्मरणशक्तिलाई सँधैका लागी फुर्तिलो बनाइ राख्छ । तपाईको दिमागलाई ताजा बनाइ राख्ने मध्येको एउटा तत्व हो मुसुराको दाल ।

यसमा पाइने जिंक, भिटामिन बी र थियामिन दिमाग को तेज, केन्द्रित र ताकत बढाउँछ । त्यस्तै स्मरणशक्तिलाई तेज बनाउन पतिनाको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने गर्दछ ।

एमएसएनका अनुसार पतिनामा भिटामिन ए र भिटामिन सी पाइन्छ जस्ले स्मरणशक्तिको मात्रामा वृद्धि गर्दछ । तरकारीको परिकार मध्ये पनि काउलीलाई उत्तम मानिँदै आएता पनि यसलाई दिमाग बढाउने तरकारीका रुपमा पनि हेरिन्छ ।

यसमा हुने भिटामिनले बढ्दै गरेको दिमागलाई थप तेज बनाउँन मद्धत गर्छ । त्यस्तै गाजर डल्ले मुला र दालचिनी पनि दिमाग बढाउने चिज अन्र्तगत नै पर्दछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !