१३ बैशाख २०८१, बिहिबार

बोक्रामा कालो दाग भएको पाकेको केरा खानुभएको छ ?


एजेन्सी, केरा भन्ने तासै फलफुल भित्र पर्छ यो केरा विशेष गरेर चाडवाड र वर्त बस्ने समयमा खाने गरिन्छ यसवाट पनि हाम्रो स्वास्थ्यको लागि निकै महत्वपुर्ण सहयोग गर्छ स्वस्थकर जीबन जीउनको लागि पनि विभिन्न खालका फलफूलहरु सेवन गर्न आवश्यक हुन्छ फाइबर, पोटासियम, भिटामिन बी र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ । शरिरलाई शक्ति दिनेमात्र नभइ बिभिन्न प्रकारका रोगबाट पनि बचाउँने फलको रुपमा केरालाई लिने गरिन्छ । संसारकै स्वस्थ्य खानाको रुपमा चिनिने केरा विष पनि बन्न सक्ने एक अध्ययनले देखाएको छ । बढि पाकेको वा विभिन्न विषादि प्रयोग गरिएको केराको बोक्रामा कालो दाग भेटिन्छन् ।

बोक्रामा कालो दाग हुने गरेको पाकेको केरा खाँदा तपाई क्यान्सर रोगबाट बच्न सक्नुहुन्छ । जापानमा गरिएको एक अध्ययनले यो तथ्य पत्ता लागेको हो । पूर्ण रुपमा पाकेको केरा, जसको बोक्रमा कालो दाग हुन्छ, टीएनएफ नाक तत्वले भरिपूर्ण हुन्छ । उक्त तत्वलाई ट्यूमर नेक्रोसिस फेक्टर पनि भनिन्छ । यो तत्वले शरीमा क्यान्सर उत्पादन गर्ने ब्याक्टेरियासँग लड्छ । केरा पाकेसँगै त्यसमा एन्टी–अक्सीडेन्ट तत्वको स्तर पनि बढेर जान्छ । यो तत्वले तपाईको प्रतिरक्षा तन्त्रलाई अधिक बलियो बनाउँछ । यो तत्वले सेता रक्तकोष निर्माणमा पनि योगदान पुर्याउँछ ।बोक्रामा कालो दाग देखिने गरी पाकेको केरामा प्राकृति शर्कराको मात्रा धेरै हुन्छ । यसले रगतमा शर्कराको मात्रालाई बढाउन मद्दत पुर्याउँछ । यद्यपि मधुमेह रोगबाट पीडित व्यक्तिले भने यो केरा खाँदा होस पुर्याउनु पर्छ । यस्तो केरा पोषक तत्वले भरपूर पनि हुन्छ । किनकी जस्तै केरा परिपक्व हुँदै जान्छ, त्यसमा रहेको पोषक तत्वको मात्रा पनि आठ गूणाले बढेर जान्छ । यसप्रकारले पूर्ण रुपमा पाकेको केरा जसको बोक्रामा कालो दाग हुन्छ बाट तपाईले भरपूर मात्रामा पोषक तत्व प्राप्त गर्न सक्नुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !