७ बैशाख २०८१, शुक्रबार

हरियो स्याउ खादा हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु


एजेन्फसी, लफुल हाम्रो स्वास्थ्यको लागि निकै महत्वपुर्ण तत्व हो जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न र हामीलाई स्वस्थकर जीवन जीउनलाई सहयोग गर्छ हामीले यो नियमित नखाए पनि कहिलेकाही खाइरहेका हुन्छौं तर कतिलाई थाहा नहुन सक्छ की यस्तो फाइदा के छ भनेर स्याउ खानमा जति मिठो हुन्छ स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी हुन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरु पाइन्छन् । अझ हरियो स्याउ त मानव स्वास्थ्यका औषधि समान नै मानिन्छ । हरियो स्याउ अलिअलि अमिलो हुने गर्दछ, तर पोषकतत्व, खनिज र भिटामिनले भरिपूर्ण हुन्छ । यसमा उच्च फाइबर हुने भएकाले शरीरको मेटाबोलिज्म बढाउन मद्दत गर्दछ ।

फाइदाहरु
तौल घटाउन
हरिया स्याउ फाइबरले भरिपूर्ण हुनुका साथै, चिल्लोको मात्रा, सुगर र सोडियम पनि कम हुने गर्दछ । यसमा क्यालोरी बर्निङ (जलाउने) क्षमता पनि अधिक हुन्छ, जसकारण यसले तौल घटाउन मद्दत गर्छ ।
कलेजोका लागि फाइदा
यसमा प्राकृतिकरुपमै डिटक्सीफाइङ एजेन्ट र एन्टीअक्सिडेन्ट गुण रहेको हुन्छ । यी एन्टीअक्सिडेन्टले लिभरमा हुने खराब चिजबाट बचाउन मद्दत गर्दछ । यसले कलेजो सुन्निनबाट जोगाउँछ ।
फोक्सोका लागि फाइदा
हरियो स्याउको नियमित उपयोगले धुम्रपान गर्नेहरुको हत हटाउन सकिन्छ । यसको जुस पिउनाले मानव स्वास्थ्यलाई अझ फाइदा हुन्छ ।
बुढ्यौली हुनबाट बचाउँछ
हरियो स्याउमा हुने एन्टी अक्सिडेन्ट, भिटामिन ए, भिटामिन सी एवं फिनोल तत्वले समयभन्दा पहिले बुढो हुनबाट बचाउँदछ । शरीरमा हुने फ्री रेडिकल्सले चाउरीपना, डार्क सर्कलहरु निम्त्याउने गर्दछ । यसको उपयोगले शरीरमा फ्री रेडिकल्ससँग लड्ने प्रतिरक्षा विकास हुन्छ र यसबाट हुने प्रभावबाट बचाउने गर्दछ ।
रक्तश्राव नियन्त्रण गर्न
हरियो स्याउको रसले रगत जम्नलाई मद्दत गर्दछ । यस्तो स्याउहरु नियमित खानाले घाउ छिटो ठिक हुने गर्दछ । त्यस्तै महिनावारीको समयमा धेरै रक्तश्राव हुने महिलाले यसको रस पिएमा राहत पाउन सक्छन् । रक्तश्राव नियन्त्रणमा यसले ठूलो भूमिका निमाउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !