१३ बैशाख २०८१, बिहिबार

चितवनमा थपिए ८ जना कोरोना संक्रमित


कोरोना भाइरस

चितवन, जेठ ३० । चितवनमा आज दिउसो ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले जानकारी दिएका छन् । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु चितवनको माडी क्वारेन्टाइनमा रहेका ८ जना रहेका छन् ।

चितवनको माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १९७ वटा स्वाब परीक्षण गरिएको थियो । जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु