१३ बैशाख २०८१, बिहिबार

पर्वतमा बिहानै थपिए १३ जना कोरोना संक्रमित


कोरोना भाइरस111

३० जेठ, काठमाडौँ । गण्डकी प्रदेश पर्वत जिल्लामा आज बिहान १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै स्याङ्जामा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार पर्वत जिल्लामा आज संक्रमण पुष्टि हुनेहरुमा पर्वतको कुश्मा नगरपालिकामा ८ जना पुरुषहरु, उमेर समुह नखुलेको १ जना पुरुष र मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष १ जना गरी १० जना रहेका छन् । साथै पैंयु गाउँपालिकाको २० वर्षीय पुरुष १ जना र बिहादी गाउँपालिकाको ३२ वर्षीय पुरुष १ जना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का स्थानीय पालिका नखुलेका पुरुष ३२ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सवै पुरुषहरु हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु