७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८८ पुग्यो


३० जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश,  पर्वत जिल्लाका १३ जना, स्याङ्गजाका २२ जना, तनहुँका १ जना र नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सवै पुरुषहरु हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार स्याङ्जा जिल्लामा आज संक्रमण पुष्टि हुनेहरुमा वालिङ नगरपालिकामा ३३ र ३५ वर्षीय पुरुषहरु २ जना, गल्याङ्ग नगरपालिकाका १५ वर्षदेखि ६६ वर्ष उमेर समूहका १८ जना पुरुषहरु, स्रोत नखुलेको ४ वर्षीय बालक १ जना र अर्जुनचौपारी गाउँपालिकाका ३ जना पुरुषहरु गरी जम्मा २२ जना पुरुषहरु रहेका छन् ।

पर्वत जिल्लामा आज संक्रमण पुष्टि हुनेहरुमा पर्वतको कुश्मा नगरपालिकामा ८ जना पुरुषहरु, उमेर समुह नखुलेको १ जना पुरुष र मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष १ जना गरी १० जना रहेका छन् । साथै पैंयु गाउँपालिकाको २० वर्षीय पुरुष १ जना र बिहादी गाउँपालिकाको ३२ वर्षीय पुरुष १ जना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का स्थानीय पालिका नखुलेका पुरुष ३२ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तनहुँको घिरिङ गाउँपालिकाका १ जना युवक र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १ जना युवकमा पनि कोरोना भाइरस संक्रमणपुष्टि भएको छ । नयाँ संक्रमित हुनेहरु सवैलाई सम्वन्धित जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भईरहेको समेत डा. शर्माले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिलेसम्म स्याङजामा ६० जना, बागलुङमा ४० जना, नवलपुरमा ३८ जना, पर्वतमा २२ जना, गाेरखामा १५ जना, कास्कीमा ५ जना, तनहुँमा ४ जना, म्याग्दीमा ३ जना र लमजुङमा १ जना गरी १८८ जनामा काेराेना कोरोना संक्रमण पुष्टि भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !