७ बैशाख २०८१, शुक्रबार

रौतहटवाट एकैदिन ८१ जना कोरोना जितेर घर फर्किए


रौतहटवाट एकैदिन ८१ जना कोरोना जितेर घर फर्किए

रौतहट, २९ जेठ । रौतहट जिल्लामा ८१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भई घर फर्किएका छन् । यो सँगै कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १०२ जना पुगेको छ । यसअघि २१ जना उपचारपछि घर फर्किएका थिए ।

गौर नर्सिंङ इन्टिच्युटको आइसोलेसनबाट १६ जना र जिल्लाको गरुडा नगरपालिकाको विर्तास्थित प्रहरी स्कुल आइसोलेसनबाट ६५ जना निको भएका जिल्ला अस्पताल रौतहटले जानकारी दिएको छ । गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७० जना पुरुषहरु र ४ जना महिलाहरु गरी कुल ७४ जना कोरोना संक्रमितमध्ये बुधबार ६५ जना डिस्चार्ज भएका हुन् ।

साथै गौर नर्सिंङ इन्टिच्युटको आइसोलेसनमा रहेका २ जना महिलाहरु र १४ जना पुरुषहरु गरी १६ जना पनि बुधबारै डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा ईशनाथ नगरपालिकाका ३५ जना, देवाही गुनाही नगरपालिकाका १० जना, गौर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका लगायतका हुन् ।

जिल्ला अस्पताल रौतहटका अनुसार ८१ जनाकै स्वाव परिक्षणको रिर्पोट नेगेटिभ आएको र आइसोलेसनमा बसेको पनि १४ दिनभन्दा बढी भइसकेकाले आइसोलेसनबाट डिस्चार्ज गरेर घर फर्काइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !