१२ बैशाख २०८१, बुधबार

कर्णालीमा आज ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७०८ पुग्यो


सुर्खेत, २८ जेठ । कर्णाली प्रदेशमा आज दिउसो ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७०८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु दैलेखमा २५ जना, सुर्खेतमा ९ जना र जाजरकोटमा ३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्वर १, २, ३, ४ र ५ का २३ जना पुरुषहरु र २ जना महिलाहरु रहेका छन् । त्यस्तै सुर्खेतको बराहाताल गाउँपालिका वडा नम्वर ४, का १ जना पुरुष, गुर्भाकोट नगरपालिका वडा नम्वर १२ का २ जना महिलाहरु, वडा नम्वर १४ का ४ जना पुरुषहरु र १ जना महिला रहेका छन् ।

साथै सिम्ता गाउँपालिका वडा नम्वर ३ का १ जना पुरुष रहेका छन् । त्यस्तै जाजरकोट छेडागाड नगरपालिका वडा नम्वर १२ का २ जना पुरुषहरु, शिवालय गाउँपालिका वडा नम्वर १ का १ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार उनीहरु सवै स्वास्थ्यककर्मीको सम्पर्कमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

कर्णालीमा आज २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !