७ बैशाख २०८१, शुक्रबार

धौलागिरी अस्पतालवाट कोरोनालाई जितेर ४ जना डिस्चार्ज


धौलागिरी अस्पताल

बाग्लुंग, जेठ २८ । गण्डकी प्रदेशको बाग्लुंग जिल्लामा रहेको धौलागिरी अञ्चल अस्पतालको आइसोलेशनमा उपचाररत ४ जना आज कोरोना भाइरस (कोभिड-१९) लाई जितेर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेहरु सवै बाग्लुंग जिल्लाका हुन् ।

अस्पतालवाट आज डिस्चार्ज हुनेहरुमा तमान खोला गाउँपालिकाका २१ र २७ बर्षका २ जना र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय २ जना पुरुषहरु रहेका छन् । उनीहरु धौलागिरी अञ्चल अस्पतालमा आइसोलेशनमा वार्डमा जेठ १४ गते भर्ना भई चिकित्सकिय निगरानीमा रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !