, गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४७ पुग्यो

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४७ पुग्यो

गण्डकी प्रदेशमा आज दिउसो २ जनामा कोरोना पुष्टि

२८ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १२:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र २६ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ ।

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४५ पुग्यो