१३ बैशाख २०८१, बिहिबार

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल

चितवन, जेठ २८ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु चितवनका २ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ जना रहेका छन् ।

अस्पतालका अनुसार गैडाकोट नगरपालिका-१३ र १४ वस्ने बर्ष २३ र वर्ष २६ का पुरुषहरु २ जनामा कोरोना पोजेटिभ पुष्ठी भएको छ । साथै कालिका-६ जुटपानीका वर्ष २० का पुरुष १ जना र भरतपुर महानगरपालिका-५ वस्ने वर्ष २८ का पुरुष १ जनामा पनि कोभिड-१९ पोजेटिभ पुष्ठी भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा जेष्ठ २५ र २६ गते प्राप्त भएका नमुनामघ्ये १३७ वटा नमुनाको पिसिआर परीक्षणको क्रममा १३३ वटा नमुनाको नतिजा नेगेटिभ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !