८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४५ पुग्यो


गण्डकी प्रदेशमा थप १ जनामा कोरोना पुष्टि

२८ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

साथै पोखराबाट काठमाडौँमा थप उपचारका लागि प्रेषण गरिएका व्यक्तिको सम्पर्कमा आएका सबैजना ३९ जनाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ (कोरोनको संक्रमण नभएको) भएको पनि प्रवक्ता डा. शर्माले बताएका छन् ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज फेरि २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !