अर्घाखाँची जिल्लामा आज थपिए कोरोनाका नयाँ ३१ संक्रमित Nepalpatra अर्घाखाँची जिल्लामा आज थपिए कोरोनाका नयाँ ३१ संक्रमित
३१ जेष्ठ २०७८, सोमबार

अर्घाखाँचीमा आज थपिए कोरोनाका नयाँ ३१ संक्रमित


कोरोना भाइरस

सन्धिखर्क, जेठ २६ । अर्घाखाँची जिल्लामा आज एकैदिन कोरोना भाइरस (कोभिड-१९) का नयाँ ३१ जना संक्रमित थपिएका छन् । यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।

भारतबाट गृह जिल्ला अर्घाखाँची आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा सन्धिखर्क नगरपालिकाकाका २९ जना, पाणिनि गाउँपालिकाका १ जना र शीतगंगा नगरपालिकाको १ जना गरी ३१ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । जसमध्ये दुई जना महिलाहरु छन् । आज कोरोना संक्रमितहरु १८ देखि ५० उमेर समूहका रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !