७ बैशाख २०८१, शुक्रबार

सप्तरीमा ७ जनामा देखियो कोरोना संक्रमण


कोभिड-१९

राजविराज, जेठ २४ । सप्तरी जिल्लाको आज ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बलान बिहुल गाउँपालिकामा शनिबार २ वर्षीया बालिकाका बुवाआमासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण अनुसार बलान बिहुल गाउँपालिका-५ रामनगरका १ जना बालिका, १ जना महिला र ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा २, २७, ३५, ३६, ३७, ४० र ४० वर्षीय रहेका छन् । बलान बिहुल गाउँपालिका-६ स्थित जगदम्बा जगरैता मावि सेहरा रौतहटको क्वारेन्टाइनमा बसेका उनीहरुसहित १३३ जनाको स्वाब बुधबार पिसिआर परीक्षणका लागि संकलन गरिएको थियो ।

भारतीय सीमासँग जोडिएको सप्तरी जिल्लाको सबैभन्दा पश्चिम-दक्षिण रहेको बलान बिहुल गाउँपालिकामा यो समेत संक्रमितको संख्या ११ पुगेको छ । संक्रमित ७ जनामध्ये १ जना भारतको दिल्लीबाट र ६ जना भारतको हरियाणाबाट जेठको दोस्रो साता आएका थिए । संक्रमित सबैलाई राजविराज २ स्थित साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलस्थित आइसोलेशन सेन्टरमा ल्याउने तयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !