८ बैशाख २०८१, शनिबार

कपिलबस्तुमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना संक्रमण

कपिलबस्तु, जेठ २१ । कपिलवस्तु जिल्लामा आज थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप २ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३९५ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

आज बिहान कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा बाणगंगा नगरपालिका-७ का ३४ वर्षीय पुरुष १ जना र वाड न. ९ का ३९ वर्षीय पुरुष १ जना गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !