६ बैशाख २०८१, बिहिबार

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौँ, १७ जेठ । सप्तरी जिल्लामा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाक्नेश्वरी नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्नेश्वरी नगरपालिकाका विपद व्यवस्थापन अधिकृत उमेश शाहले नेपालपत्रलाई बताए ।

डाकनेश्वरी नगरपालिका-५ पातोस्थित क्वारेन्टाइनमा रहेका संक्रमित पुष्टि हुनेहरुमा ८ जना पुरुषहरु र १ जना महिला पनि रहेकी छिन् । संक्रमित महिलाका श्रीमानलाई पनि कोरोना संक्रमण देखिएको समेत शाहले जानकारी दिएका छन् । डाकनेश्वरी नगरपालिका-१ का १ जना, ३ का २ जना, ५ का ४ जना र ८ का २ जनामा कोरोना संक्रमण देखिएको हो । आज ९ जना थपिएसँगै डाक्नेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन् । ११९ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ९ जनामा संक्रमण देखिएपनि संक्रमितहरुको संख्या बढ्न सक्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संकेत दिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !