११ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ ३२ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

१० जेठ, काठमाडौं । नेपालमा आज शनिवार बिहान कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सह-प्रवक्ता डा. अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप नयाँ ३२ जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही, चितवन जिल्लामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बिहान शनिवार थपिएकाहरुमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षीय पुरुषहरु तथा २७ वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सर्लाही जिल्लाको गोडैता र कविलासी नगरपालिकाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका १३ जना पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

साथै बारा जिल्लाको करैयामाई गाउँपालिकाका ३७ वर्षीय महिला, काठमाडौंका ३५ वर्षीय पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्ष उमेर समूहका ८ जना पुरुषहरुमा तथा चितवनको भरतपुर महानगरपालिका-६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ५१६ थियो भने आज फेरि बिहान ३२ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ७० पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो, आज राती थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ७० जनाले जिते कोरोना, आज एकै पटक २१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !