१२ बैशाख २०८१, बुधबार

नेपालमा ७० जनाले जिते कोरोना, आज एकै पटक २१ जना घर फर्किए


काठमाडौँ, जेठ ९ । नेपालमा आज २१ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुष १ जना र नेपालगञ्ज-८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । जसमध्ये १२ जना पुरुषहरु र ९ जना महिलाहरु रहेका छन् । उनीहरु १ वर्षदेखि ६० वर्ष उमेरका छन् भने १७ देखि २० दिन अस्पताल बसाईपछि निको भएर घर फर्किएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको हो । जस अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । जसमध्ये ४३३ जना पुरुषहरु र ७४ जना महिलाहरु रहेका छन् । आज एकैपटक २१ जनाले कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ७० पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो, आज दिउसो थपिए कोरोनाका नयाँ २० संक्रमित

एकै पटक २१ जनाले पराजित गरे कोरोना भाइरसलाई

नेपालमा ४९ जनाले जिते कोरोना, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !