८ बैशाख २०८१, शनिबार

भीम रावलको सुरक्षामा खटिएका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि


भीम रावल

३१ वैशाख, काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपा स्थायी समिति सदस्य भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ ।

ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायी रुपमा बस्दै आएको बताइएको छ । उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत १ महिनादेखि भने विदामा बस्दै आएका थिए । नेता रावलका सहयोगीका अनुसार उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !