८ बैशाख २०८१, शनिबार

आज एकैदिन ८३ जनामा कोरोना संक्रमण, काठमाडौं र भक्तपुरमा पनि भेटिए संक्रमित


कोभिड-१९

३० वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप नयाँ २६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । साथै काठमाडौँ उपत्यकामा काठमाडौंकी ३३ वर्षीया महिला १ जना र भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष गरी २ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज राती १०:१५ अध्यावधिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको टेकुमा गरिएको परीक्षणमा थप नयाँ २६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै एकैदिन ८३ जनामा कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार निजको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २१७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २६ संक्रमित

नेपालमा संक्रमितको संख्या १९१ पुग्यो, आज थपिए कोरोनाका ५७ संक्रमित

नेपालमा संक्रमितको संख्या १३४ पुग्यो, फेरि थपिए कोरोनाका १३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !