११ बैशाख २०८१, मंगलबार

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर


दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती

६ वैशाख, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छन् । गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भई आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।

उनी आज शनिबार उक्त अस्पतालबाट निको भएर डिस्चार्ज भई घर फर्किएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको र आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।

दोस्रो संक्रमित युवती फ्रान्सबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । पहिलो कोरोना संक्रमित उनी हाल भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये २ जना निको भएर घर फर्किएका छन् ।

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती

यो पनि पढ्नुहोस्

नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १६, आज पुष्टि भयो २ जनामा संक्रमण

आज देखियो २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !