१३ बैशाख २०८१, बिहिबार

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा १ जना पक्राउ


पक्राउ

सुर्खेत, ३ वैशाख । सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा लेकबेसी नगरपालिका-१ लेकफर्सास्थित आफ्नै ससुराली घरमा बस्दै आएका दैलेख नौमुले नगरपालिका-३ घर भएका २१ वर्षीय प्रेम बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिकले आफ्नो फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाइएपश्चात ईलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !