१३ बैशाख २०८१, बिहिबार

रासनसहित राज्यमन्त्री रामवीर मानन्धर बिपन्न श्रमिकको डेरामा


रामवीर मानन्धर बिपन्न श्रमिकको डेरामा

काठमाडौँ, २३ चैत । लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका बिपन्न श्रमिक परिवारको डेरामा रासनसहित सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुग्नुभएको छ ।

“लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं” भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुग्नुभएको हो ।

हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको खरब गरेपछि मानन्धर त्यहाँ पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । खाद्यान्न पाएपछि हुसेनको परिवार निक्कै भावुक बनेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !