ड्रोनबाट लकडाउन अनुगमन गर्दै नेपाल प्रहरी Nepalpatra ड्रोनबाट लकडाउन अनुगमन गर्दै नेपाल प्रहरी
१८ फाल्गुन २०७७, मंगलबार

ड्रोनबाट लकडाउन अनुगमन गर्दै प्रहरी


ड्रोनबाट लकडाउन अनुगमन गर्दै प्रहरी

१९ चैत, काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेको छ । देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको प्रयोग गरेको छ ।

भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी आवतजावत एवं यातायात संचालनमा रोक (लकडाउन) गरिएको छ ।प्रहरीले २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन सुरु गरिएको हो ।

लकडाउनको व्यापक उल्लंघन भएपछि प्रहरीले निगरानी प्रविधिमैत्री बनाउँदै कडाइ सुरु गरेको हो । उपत्यकाका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीको ड्युटी, उपस्थिति र सर्वसाधारणको अवस्थाबारे जानकारी लिने उद्देश्यले ड्रोन प्रयोगमा ल्याइएको हो । उनका अनुसार प्रहरी मुख्यालयमा रहेको चारवटा ड्रोनमध्ये दुई वटा बुधबार प्रयोगमा ल्याइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !