८ बैशाख २०८१, शनिबार

चौबिस घण्टामा ७३ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित शून्य


डा. विकास देवकोटा

चैत १९, काठमाडौं । नेपालमा पछिल्लो चौबिस घण्टामा ७३ जना मनिसको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको छ । उक्त परीक्षणका क्रममा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबैमा कोरोना नेगेटिभ आएको जानकारी दिएका हुन् ।

उनका अनुसार बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा ११३३ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए । आज मंगलबारको ब्रिफिङका क्रममा डा देवकोटाले नेपालमा १ हजार ६० जनाको कोरना परीक्षण गरेको जानकारी दिएका थिए।

नेपालमा हालसम्म ५ जना मात्र कोरोना संक्रमित भेटिएका छन् । ५ जनामध्ये १ जना उपचारपछि निको भइसकेका छन् । ४ जनाको उपचार भइरहेको छ। उपचारमा रहेकाहरुको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको डा. देवकोटाले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !