७ बैशाख २०८१, शुक्रबार

कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश


कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश

२०७६ चैत्र १८, मंगलवार । कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश ! पारिस्थितिक, प्रजाति र आनुवंशिक विविधताको समष्टिगत रुप नै जैविक विविधता हो । अर्को शव्दमा भन्नुपर्दा पृथ्वीमा रहेका मानिस लागायत प्राणी, वनस्पति, फङ्गी र सुक्ष्म जीवाणुको वास-स्थानको विविधता र संयोजन नै जैविक विविधता हो । पारिस्थितिक सन्तुलन कायम गर्न पृथ्वीमा रहेका सवै प्राणी, वनस्पति, फङ्गी र सुक्ष्म जीवाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ । मानिसहरुले प्रकृतिमाथि गरेको अतिक्रमणका कारण पारिस्थितिक प्रणालीमा असन्तुलन उत्पन्न भएको छ ।

मानिसहरुले प्रकृतिमाथि गरेको अतिक्रमणका कारण पारिस्थितिक प्रणालीमा असन्तुलन उत्पन्न भएको छ ।

सवै किसिमका प्राणी, वनस्पति, फङ्गी र सुक्ष्म जीवाणुको संयुक्त संयोजनवाट पारिस्थितिक प्रणाली निर्माण हुन्छ, जसवाट मानिसको आधारभूत आवश्यकता पुरा गर्न आश्रय, खाना, पानी, हावा र औषधी उपलव्ध हुन्छ । मानिसले प्रकृतिमाथि जताततै अतिक्रम गर्दै भू-आधारित वातावरणको तिन चौथाई र समुद्री वातावरणको करिव ६६% परिवर्तन गरेको छ । यस्तै विश्वको भू-सतहकोव एक तिहाई र ताजा पानीको स्रोतको ७५ % कृषि, उद्योग र पशुपालनतर्फ परिवर्तन (Divert) गर्दै वन फँडानी, अत्यधिक माछा मार्नु एवं अवैध वन्यजन्तुको व्यापार गर्नुको साथै जनसंख्या वृद्धिले पृथ्वीमा रहेका मानिस वाहेकका प्राणी, वनस्पति, फङ्गी र सुक्ष्म जीवाणुको वासस्थान विनास भएको छ, जसवाट मानव जातिका अगाडि जलवायु परिवर्तनको गम्भीर चुनौति खडा भएको छ ।

मानिसले प्रकृतिमाथि जताततै अतिक्रम गर्दै भू-आधारित वातावरणको तिन चौथाई र समुद्री वातावरणको करिव ६६% परिवर्तन गरेको छ ।

एकातिर उद्योग-धन्दाको विकासको नाममा वातावरणमा गम्भीर प्रदुषण पैदा हुनुको साथै साधन स्रोत र अवसरहरु सीमित व्यक्ति वा केही ठुला ‘घरानाहरु’ मा केन्द्रिकृत हुनु र अर्कोतर्फ आधारभूत मानवीय आवश्यक्ता परिपूर्ति गर्नुको वदला शक्ति राष्ट्रहरु विनाशकारी आणविक हात-हतियारहरु उत्पादन र भण्डारण गर्न उद्वेत हुनुले समग्र मानवीय र पारिस्थितिक वातावरण दुषित र असुन्तलित हुनुको साथै लाखौ प्राणी, वनस्पति, फङ्गी र सुक्ष्म जीवाणुका प्रजातिहरु लोप हुन गएका र लाखौ प्रजातिहरु लोपोन्मुख अवस्थामा पुगेकोले प्रकृतिले चेतावनीको रुपमा स्पेनिश फ्लु, स्वाईन फ्लु, इकोला र वर्ड फ्लू जस्ता भाईरस आक्रमण गरि आक्रोश व्यक्त गर्दा पनि समस्त मानव जाति र शक्ति राष्ट्रहरुको चेत नखुलेपछि अन्तिम चेतावनीको रुपमा कोविड-१९ महामारीको रुपमा प्रकट भएको छ ।

लाखौ प्रजातिहरु लोपोन्मुख अवस्थामा पुगेकोले प्रकृतिले चेतावनीको रुपमा स्पेनिश फ्लु, स्वाईन फ्लु, इकोला र वर्ड फ्लू जस्ता भाईरस आक्रमण गरि आक्रोश व्यक्त गर्दा पनि समस्त मानव जाति र शक्ति राष्ट्रहरुको चेत नखुलेपछि अन्तिम चेतावनीको रुपमा कोविड-१९ महामारीको रुपमा प्रकट भएको छ ।

कोविड-१९ को यो महामारीमा मानिस वाहेक पृथ्वीमा रहेका अन्य प्राणी, वनस्पति, फङ्गी र सुक्ष्म जीवाणु प्रभावित नहुनुले पारिस्थितिक वातावरण विगार्ने मानिस विरुद्ध यो प्रकृतिको आक्रोश हो भनेर वुझ्न गाह्रो पर्दैन । भविष्यमा प्रकृतिको आक्रोशको रुपमा कोविड-१९ महामारी भन्दा उच्च स्तरको महामारी फैलियो भने मानव जातिले अहिलेसम्म विकास गरेको ज्ञान, विज्ञान, प्रविधि र शक्ति राष्ट्रहरुले उत्पादन एवं भण्डारण गरेको आणविक हातहतियारले मानव जातिको भविष्यलाई सुरक्षित गर्ने विश्वासमाथि प्रश्न चिन्ह खडा भएको छ । अव पारिस्थितिक वातावरणलाई पुनर्स्थापित गरेर जानुको विकल्प छैन । मानव जातिको सुरक्षित भविश्यका लगी विकासको वर्तमान मोडेललाई यही स्थगित गरेर विकासको नयाँ मोडेलवारे चिन्तन मनन र कार्यान्वयन गर्दै अघि वढ्नुको विकल्प छैन । यसवारे विस्तृत चिन्तन, मनन र वहस प्रारम्भ गरौ ।

भविष्यमा प्रकृतिको आक्रोशको रुपमा कोविड-१९ महामारी भन्दा उच्च स्तरको महामारी फैलियो भने मानव जातिले अहिलेसम्म विकास गरेको ज्ञान, विज्ञान, प्रविधि र शक्ति राष्ट्रहरुले उत्पादन एवं भण्डारण गरेको आणविक हातहतियारले मानव जातिको भविष्यलाई सुरक्षित गर्ने विश्वासमाथि प्रश्न चिन्ह खडा भएको छ ।

६ पटक मन्त्री भईसकेका प्रेमबहादुर सिंह पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष हुनुहुन्छ । उहाँ ३ पटक कानुन मन्त्री, २ पटक खानेपानी तथा सरसफाई मन्त्री र १ पटक विज्ञान तथा प्रविधि मन्त्री हुनु भएको थियो ।

यो पनि पढ्नुहोस्

संविधान निर्माण, घटना र अनुभूति : पुस्तक समीक्षा

पूर्वमन्त्री सिंहको ‘संविधान निर्माण : घटना र अनुभूति’ पुस्तक विमोचन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !