१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?


कोरोना भाइरस सुरक्षा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरसबाट सवैभन्दा बढी रिक्स डाक्टर, नर्स, फार्मेसि र एम्बुलेन्स चालक बढी हुने भएका छन् । एकजना डाक्टर नर्स र एम्बुलेन्सलाई सक्रमित व्यक्तिले छोएमा अन्य बिरामीलाई डाक्टर नर्स र एम्बुलेन्सले दिनमा १०० औं जनालाई रोग सार्न सक्छन् भन्ने खतरा बढेको छ ।

सरकारले हरेकको सुरक्षाको प्रबन्ध मिलाउनुपर्ने समय देखिएको छ । यस्ता रोगको घेरामा प्रवेश गरेपछि उम्कन नसकिने हुनाले यस समुहका व्यक्तिहरूलाई थर्मोमिटर र आवश्यक कपडा उपलब्ध गराएमा ठिक हुने देखिन्छ ।

रोग को सँग छ भन्ने एकिन नहुने भएकाले यस्ता रोग संघ बच्नु बचाउनु नै उपयुक्त ठहर छ । यस्तो सेवा प्रदायक स्थानमा सम्पर्क राख्नु महत्वपूर्ण हुन्छ तर कतिपय डराउने गरेको देखिन्छ । यो समय भनेको बाचौं र बचाउ भन्ने हो तर लापरबाही बढी हुदा यसको असर बढी हुने खतरा बढेको देखिन थालेको छ ।

सुरक्षित रहन आफु पनि बचौं, अरूलाई पनि बचाउ भन्ने नारासाथ सवै लाग्न आवश्यक हुदैछ । यो रोग कमजोर शरीर भएका र बढी उमेर समुहका व्यक्ति बढी सक्रमित हुने हुनाले यस्ता विरामी बढी सतर्कता अपनाउन सके यो रोगबाट विजय पाउन सक्ने देखिन्छ ।

मेरो परामर्श यस्तो छ । यो रोगको औषधि नभएको अवस्थामा यसबाट बच्नु एकमात्र विकल्प हुने भएकाले पाको उमेर र श्वास-प्रश्वास सम्बन्धित रोग छ या लामो समयदेखि रूघा लागेको छ । यदि यस्तो समस्या भएका विरामीलाई सक्रमण हुने खतरा भएकाले भित्रै बस्न र पौष्टिक खाना खान आग्रह गर्छु । यस्ता बिरामीलाई यदि ज्वरो आएको छ सास लिन गार्हो भएको छ भने डाक्टरको निगरानीमा उपचार गराउनु पर्दछ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !