८ बैशाख २०८१, शनिबार

कोरोना कहर : स्पेनमा एकैदिन ८३८ को मृत्यु


स्पेन कोरोना मृत्यु

एजेन्सी, चैत १७ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी दिनप्रतिदिन बढिरहेको छ । जसअनुसार कोरोनाको संक्रमणबाट स्पेनमा आइतबार मात्रै ८३८ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएपछि स्पेनमा एकैदिन सबैभन्दा बढी मानिसको मृत्यु भएको हो ।

आज सोमबार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८०० नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा थप ६८७५ जनामा कोरोना संक्रमण देखिएको छ । स्पेनमा अहिलेसम्म करिब १४००० जना संक्रमित निको भएका छन् ।

यो पनि पढ्नुहोस्

कोरोना कहर : अमेरिकामा एकैदिन १८ हजार भन्दा बढी संक्रमित भेटिए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !