लकडाउन प्रभावित मजदुरलाई स्थानीय तहबाट राहत दिने सरकारको निर्णय Nepalpatra लकडाउन प्रभावित मजदुरलाई स्थानीय तहबाट राहत दिने सरकारको निर्णय
२४ फाल्गुन २०७७, सोमबार

लकडाउन प्रभावित मजदुरलाई स्थानीय तहबाट राहत दिने सरकारको निर्णय


मजदुर

चैत १६, काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनबाट प्रभावित ज्याला मजुदरी गर्ने श्रमिक वर्गलाई स्थानीय तहबाट राहत दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी  डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजानिक गर्दै सो कुरा बताएका हुन् ।

आइतबार राती बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय तहले खडा गरेको कोष मार्फत राहत उपलब्ध गराउने निर्णय गरेको हो । स्थानीय तहको कोषको रकमले नपुगे सरकारी रकम खर्च गर्न सकिने बैठकपछि सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यसका लागि स्थानीय तहले मजदुरी गर्नेको लगत तय गर्ने, राहत लिनेले स्थानीय तहमा सुचीकृत हुने र स्थानीय तहले परिवार संख्याका आधारमा आवश्यकता अनुसार आफ्नो कोषबाट राहत उपलब्ध गराउने मन्त्री खतिवडाले बताए ।

यसका साथै एकल महिला, आमाबाबु गुमाएका बालबालिकाको हेरचाह गर्ने निर्णय गरेको जानकारी दिए । यस्तै संस्था वा प्रतिष्ठानमा काम गर्ने मजुरलाई संवन्धित रोजगारदाताले तलब दिनुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !