७ बैशाख २०८१, शुक्रबार

नोवेल कोरोना भाइरसको महामारी र नेपालको अवस्था


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोवेल कोरोना भाइरसको महामारी र नेपालको अवस्था । नेपालमा नोवेल कोरोना भाइरस विदेशबाट आएकाहरूमा मात्र देखिएको छ । खासै भएकाहरूको परिवारका अन्य सदस्यलाई सरेको भन्ने जानकारी भने अहिलेसम्म प्राप्त हुन सकेको छैन । विश्वव्यापी रुपमा माहामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरसलाई नेपाली जडिबुटीले रोकेको पनि हुन सक्छ भन्ने हाम्रो अनुमान छ ।

नेपालमा यस्ता जडिबुटी छन् जसको प्रभावले र गन्धले समेत रोगका जीवाणु त्यसै नष्ट गर्न सक्ने क्षमता जडिबुटीमा छ भन्दा कतिपयलाई विश्वास नहुन सक्छ । उदाहरणको लागि हामीले तुलसीलाई लिन सकिन्छ । तुलसी लगाएको ठाउंको वरिपरि मलेरिया हुन सक्दैन भनेको छ । नेपालमा हरेक घरमा तुलसी लगाउने प्रचलन हुनाले आज मलेरिया उन्मुलन भएको छ ।

छिमेकी मुलकबाट नै मलेरिया आएको देखिएको छ । नेपालको अवस्थालाई हेर्दा जतिपनि रोग नेपालमा आए सवै बाहिरबाट उपहारमा आएको देखिन्छ । यो राष्ट्र प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यदि हामीले यस्ता जडिबुटी प्रयोग गरेर हेर्छौ भने खतरनाक भनिएका रोग पनि निको हुन सक्छ ।

मैले फेसबुकमा असुरोबाट दम खोकी रूघा च्वाट पार्ने असुरोको बारेमा लेखेको औषधिले रूघाखोकी र ज्वरो निको भएका थुप्रै फोनहरू देश विदेशबाट आएका छन् यसतर्फ हाम्रो ध्यान पुग्न सकेको छैन । यदि हामीले सवै नेपाली जसलाई समस्या छ वा छैन हरेकले समस्या नदेखियोस् भन्ने सोच राख्नेहरूका लागि असुरो चमत्कारीक औषधि सावित भएको छ ।

अर्कोतर्फ हावापानीले पनि रोग सर्नमा ठूलो मद्दत गरेको हुन सक्छ । नेपाली भूभागको हिसाबले गर्दा पनि यहाँको वातावरण स्वच्छ छ । हावापानी झर्नाले मानिसको दिमागमा भएका गलत विचारलाई सफा गर्नसक्ने क्षमता राखेको हुन्छ । जहाँ घना बस्ती छ त्यहाँ रोगको असर बढी हुने सम्भावना भएतापनि खाली जमिन र जडिबुटीको गन्ध मिसिएको हावाले पनि आधा रोग त्यसै निको हुने गरेको देखिन्छ ।

मानव स्वास्थ्य ठिक हुनलाई विचारमा शुद्धता हुन आवश्यक छ । गलत विचारले मानिस रोगी हुन्छ । जब ब्रेनमा फोहर जम्मा हुन थाल्छ त्यहाँबाट गलत सन्देश प्रबाह हुन्छ र उसले गलत खानपान रहन सहनमा बढी जोड दिन थाल्दछ र उ रोगको दलदलमा फस्दै जान थाल्दछ ।

सन्तान जन्माउनु ठूलो कुरा होइन तर उसलाई संस्कार दिनु र सिकाउनु ठुलो कुरा हुनसक्छ । उदाहरणको लागि हामीले सानै उमेरमा बच्चालाई बोर्डिङमा बोडर्स गर्छौं र हामीले उस्को आवश्यकतालाई ध्यान दिन सकेनौं भने आमा बुबाप्रति उसलाई त्यति चासो हुदैन किनकि उसले परिवारको माया पाएको हुदैन ।

अन्त्यमा देशमा नोबेल कोरोना भाइरसलाई हामीले लखेट्नुपर्छ किनभने यो विकासिल देशबाट आएको छ । हामीले स्वच्छतापूर्बक जीवनयापन गर्न सकेमा या सफाईमा रहन सकेमा या खानपान पौष्टिक खाएमा या रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन सकेमा कुनैपनि रोग नलाग्ने निश्चित छ ।

यो पनि पढनुहोस्

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !