७ बैशाख २०८१, शुक्रबार

को हुन् नेपालमा कोरोना भाइरसवाट पाँचौ संक्रमित युवती ?


कोरोना संक्रमित केटी

१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) वाट संक्रमित हुने पाँचौ बागलुङ जिल्लाकी २२ वर्षीया युवती भएको कुरा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्  । उनकाे अवस्था अहिले सामान्य रहेकाे पनि देवकोटाले बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।

उनी चैत ४ गते अथवा मार्च १७ कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । आज शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् । उनी कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रेकी थिईन ।

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको कतार एयरलाइन्सको बिमान मार्च १७ वा चैत ४ गतेको बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । मन्त्रालयले सो जहाजमा आएका अधिकांश अहिले सम्पर्कमा आइसकेको बताएको छ भने उनीहरुको नमुना परीक्षण भइरहेको छ ।

बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको भएपनि आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ । काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएको यो दोस्रो केश रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या पुग्यो ५ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !