६ बैशाख २०८१, बिहिबार

बेलायतका स्वास्थ्यमन्त्री पनि कोरोनावाट संक्रमित


म्याट हानकक

एजेन्सी, चैत १४ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमति भएका छन् । बेलायती सञ्चार माध्यमका अनुसार ४१ वर्षीय हानकक सेल्फ आइसोलेसनमा छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा पनि कोरोना भाइरसको संक्रमण आज शुक्रबार नै पुष्टि भएको थियो ।

जोन्सन र हानककले बेलायतमा कोभिड-१९ को महामारी विरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार मध्यम खालका लक्षण देखिएपछि जोन्सन हाल सेल्फ आइसोलेसनमा छन् ।

विश्वव्यापी रुपमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमति हुने उनी विश्वमै पहिलो प्रधानमन्त्री हुन् । बेलायतमा यसअघि युवराज चार्ल्स र उप-स्वास्थ्यमन्त्री नदिन डोरिसलाई कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । युवराज चार्ल्स हाल पत्नीसहित स्कटल्यान्ड स्थित निवासमा आइसोलेसनमा छन् ।

यो पनि पढ्नुहोस्

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण

बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !