११ बैशाख २०८१, मंगलबार

जोन्स हप्किन्स बिश्वबिद्यालयको अनुसन्धानात्मक तथ्य : कोरोना भाइरसवाट वच्ने सवैभन्दा उत्तम उपाय


कोरोना भाइरस

काठमाडौं, चैत १४ । कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा जोन्स हप्किन्स बिश्वबिद्यालयले यसबाट बच्ने उपायहरुबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि कोरोना भाइसरबाट बच्ने सर्वाेत्कृष्ट उपाय सहितको निष्कर्ष बाहिर ल्याएको छ । उक्त बिश्वबिद्यालयले कोरोना भाइरसको सक्रमणवाट बच्नको लागि सरल भाषामा तयार पारेको अनुसन्धानात्मक तथ्यहरुको नेपाली अनुवाद यस्तो छ :

१. यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु (डीएनए) हो जसलाई वोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहर द्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड (Mutation) परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरूलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ ।

२. यो कुनै जिवित कोष नभएको हुनाले यो मर्दैन तर आँफैमा सकिएर जान्छ (Decaying) जुन कुरा तापक्रम, आद्रता र कस्तो बस्तुमा यो भाईरस टासिएर बसेको छ भन्ने कुरामा निर्भर गर्छ।

३. यो भाईरस अत्यन्त कमजोर हुन्छ, यसलाई जोगाउने एउटै कुरा भनेको यसमा घेरिएको बोसोको तह हो । त्यसैले साबुनपानी यसलाई हटाउने उत्तम उपाय हो । त्यसैले तपाईंले धेरै बेरसम्म करिव २० सेकेन्ड वा सो भन्दा बढी समय लगाएर हात रगड्दा, धेरै फोम पैदा गर्नुपर्दछ । फोम बढी भएपछि सावुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ जसले प्रोटीन अणु फैलिन्छ र आफैंमा बिच्छेद गर्दछ र क्रियाशिल रही रहँदैन ।

४. साबुनको फिंजले बोसोलाई काट्छ र बोसोभित्रको कोरोना भाईरस आँफै बिलिन भएर जान्छ ।

५. तातोले पनि बोसो पगाल्छ, त्यसैले २५ डिग्री सेल्सियस भन्दा तातो पानीले सफा गरेमा आफसेआफ हराएर जान्छ ।

६. ६५ प्रतिशत भन्दा बढी मात्रामा भएको अल्कोहल (स्पिरिट) ले पनि बोसो लाई घुलनशिल बनाउने हुनाले यो भाईरसलाई नष्ट गर्न सक्छ ।

७. ५ भाग पानी र १ भाग ब्लिचको घोलले पनि भाईरस प्रोटिनलाई भित्रैबाट नष्ट गर्न सक्छ ।

८. अक्सिजेनेटेड पानीले पनि साबुन अथवा अल्कोहलसँग मिसिएर प्रोटिनलाई नष्ट गर्छ तर शुद्ध रुपमा प्रयोग गर्नुपर्छ ।

९. यो ब्याक्टेरिया होइन त्यसैले एन्टिवायोटिकले यो भाईरसलाई नष्ट गर्न सक्दैन तर यसको संरचनालाई छुट्याउन मद्घत गर्छ ।

१०. प्रयोग गरेका लुगा कपडाहरु नटक्टक्याउनुस किनकी कपडामा भएका भाईरसहरु हावामा पुगेपछी नाकबाट शरीरमा जाने सम्भावना बढी हुन्छ ।

११. भाईरसका अणुहरु बहिरी चिसोमा अथवा एअरकन्डिसनको चिसोमा स्थिर रहन्छन, यिनीहरुलाई स्थिर हुन ओस अथवा अन्धकारको जरुरी हुन्छ, त्यसैले सुख्खा, तातो र उज्यालो बातावरणमा यो भाईरस छिटो नष्ट हुन्छ ।

१२. सौर्य बिकिरणले पनि यो भाईरस नष्ट हुन्छ तर छालाको क्यान्सर हुने सम्भावना हुन सक्छ ।

१३. स्वस्थ छालाबाट यो भाईरस छिर्न सक्दैन ।

१४. भिनेगर उपयुक्त हुँदैन किनकी यसले प्रोटिन बाहिरको बोसो पगाल्न सक्दैन ।

१५. भोड्का अथवा रक्सीले काम गर्दैन किनकी यिनीहरुमा अल्कोहलको मात्रा कम् हुन्छ (कम्तिमा पनि ६५ प्रतिसत चाहिन्छ)

१६. जती गुम्सिएको बातावरण भयो त्यती नराम्रो जती खुल्ला अथवा हावा खेल्ने ठाउँ भयो त्यती राम्रो हुन्छ ।

१७. जुनसुकै कुरा छोएपछी अथवा चलाएपछि साबुनले हात धोएको अत्यन्त राम्रो हुन्छ ।

१८. नङ सधैं काटेर छोटो बनाउनुस् किनकी नङ अथवा हातको कुना काप्चामा भाईरस टासिएको हुन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !