कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं - प्रधानमन्त्री ओली Nepalpatra कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं - प्रधानमन्त्री ओली
२१ फाल्गुन २०७७, शुक्रबार

कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं – प्रधानमन्त्री ओली


केपी शर्मा ओली

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरूलाई कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले चिकित्सक र प्राविधिकहरूलाई हाल मौज्दात रहेका स्वास्थ्य सामग्रीको अधिकतम प्रयोग गरी परीक्षण र उपचारमा सामेल हुन आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्रीले भनेका छन् ‘तपाईहरुकै सिफारिसका थप सामाग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं । कोभिड=१९ मानवीय संकटको एकजुट भएर सामना गरौं । सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !