४ बैशाख २०८१, मंगलबार

बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण


बेलायती राजकुमार चार्ल्स

चैत १२, एजेन्सी । बेलायती राजकुमार चार्ल्सलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण  परीक्षण पोजेटिभ देखिएको कुरा बिबिसीले जनाएको छ । उनलाई सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । साथै उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

बुधबार दिइएको जानकारी अनुसार उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ । ७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा राखिएको छ ।

 

 

 

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !