८ बैशाख २०८१, शनिबार

भरतपुर कोरोना अस्पतालमा मृत्यु भएका बिरामी यादव ग्रस्त थिए लुपस रोगबाट


कोरोना विशेष अस्पताल

चैत ११, भरतपुर । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामी पहिलेदेखि नै लुपस नामक रोगले ग्रस्त रहेको पाइएको छ । चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका पर्साको वीरगन्ज-३० घर भएका सन्तोष यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि आइतबार राति भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा नै उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । भरतपुर कोरोना विशेष अस्पतालले एक विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेका थिए ।

अस्पतालले उनमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण आशंका गर्दै स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला पठाएको थियो । तर, उनको रिपोर्ट भर्न आइसकेको छैन । कोरोना परीक्षणको रिपोर्ट नआएका कारण मृतक यादवको शव हाल विशेष अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिएका छन् ।भरतपुर कोरोना अस्पताल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !