७ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस महामारी – सरकार यता ध्यान दिनेकी


नोवल कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एउटा गाउँमा कुनै एउटा व्यक्तिलाई कोरोना भाइरस लागेको छ तर उपचार भएको छैन भने त्यो गाउँ मात्रै होइन सिंगो देशलाई समेत असर गर्न सक्छ । त्यसैले खोज गरौं । हरेक गाउँमा दम बढ्ने श्वास-प्रश्वासका रोगी कति छन् लगत राखेर डाक्टरको निगरानीमा उपचार गराउने ब्यवस्था मिलाउ तब मात्र हामी जोगिनेछौं ।

सानो आगोलाई मामुली सम्झने जस्तो काम गरेमा भोली यसको नतिजा विकराल हुन सक्नेछ । उपचार रोगको होइन रोगीको गर्नु जायज छ यसतर्फ ध्यान दिन आवश्यक छ । खोकी लाग्नु, रूघा लाग्नु, दम बढ्नुको पछि कारण नोबेल कोरोना भाइरस पनि हुन सक्छ । हाम्रो उद्धेश्य केवल रोग भए वा नभएको जानकारी प्राप्त गर्नु हो ।

१० जना मानिसलाई यदि हामीले एकै ठाउँमा राखेमा त्यो भित्र कुनै व्यक्तिलाई पहिले नदेखिएको नोबेल कोरोना भाइरसपछि देखिएमा सवै विरामी हुने खतरा बढ्न सक्छ । उपचार गर्दा हामीले सजग भएर गर्नुपर्ने समय आएको छ ।

रोग केहो रोग किन लाग्छ रोग लाग्नुको पछि प्रमुख कारण के छ । यो रोग कतै नोबेल कोरोना भाइरस त होइन ? यदि भए उसलाई अलग राखेर उपचार गरेमा मात्र हामीले अन्यलाई बचाउन सक्ने देखिन्छ । यो समय भनेको होसियार रहेर उपचार गर्ने समय हो ।

यदि नेपालबाट कोरोना भगाउनु छ भने सवैभन्दा पहिले स्वास्थ्य कति विरामी कति रुघा लागेका कति दमका रोगी कति पाको उमेर जसको उमेर ६० बर्ष नाघेको छ सबैको लगत राखेर देशव्यापी रूपमा चलाउन आवश्यक छ । यसरी बृद्धलाई केटाकेटीलाई युवालाई अलग-अलग तरिकाले उपचार गर्न सके यो रोग सहजै उन्मुलन गर्न सकिनेछ ।

हामीले सानो आगोलाई सानो सम्झेर होइन की आगो अन्त नफैलियोस् भनेर दमकलको व्यवस्था पहिलै राखेको हुनुपर्छ । देशमा आवत-जावत रोकेर रोग फैलने होइन यसले झन बढ्न सक्छ । रोग लागेको विरामीको उपचार भनेको सहि हुने देखिन्छ । सरकारलाई हाम्रो सुझाब के छ भने रोग र रोगीको लगत राखेर देशव्यापी रूपमा कार्याक्रम संचालन गरेमा यो रोग फैलिनबाट रोकिनेछ ।

यो पनि पढनुहोस्

यस्तो ब्यबहार जायज भएन सरकार, ध्यान दिन जरुरी 

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !