६ बैशाख २०८१, बिहिबार

भाइरस कोरोना महामारी : भारतमा ८ जनाको मृत्यु


भाइरस कोरोना भारतमा ८ जनाको मृत्यु

१० चैत, काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । आज सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो ।

मृत्यु हुने व्यक्तिमा शुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर, उनी यो संक्रमणबाट निको भएका थिए । सोमबार उनको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो ।

कोरोना भाइरसको कारण मुम्बईमा मात्र ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र १५ नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १४ नयाँ संक्रमित मुम्बईमा देखिएका छन् भने १ जना पुणेमा फेला परेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !