८ बैशाख २०८१, शनिबार

वीरगञ्जका १ व्यापारीलाई कोरोना भएको आशंका : वीरगञ्ज महानगरले बोलायो आकस्मिक बैठक


कोरोना भाइरस

चैत ९, वीरगञ्ज । वीरगञ्जका १ जना व्यापारीमा कोरोना भाइरसको संक्रमण गरिएको छ । वीरगञ्ज महानगरपालिका-१० आदर्श नगर बस्ने १ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।

केही समय अघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रुघाखोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको हो ।

ती व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको जनाइएको छ ।

पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले आफ्‍नो फेसबुक पेजमा कोरोना पुष्टि भएको लेखेपनि पछि त्यो पोस्ट हटाएका छन् । पटनामा रहेका आफन्तले उनको स्वास्थ्यमा आइतबार सुधार देखिएको बताएका छन् ।

प्रदीप यादवको फेसबुक पोस्ट

(*संक्रमितको आशंका हुनुपर्नेमा यसअघि संक्रमित भएकोमा याे समाचार सच्चाइएकाे छ । हामी क्षमाप्रार्थी छाैं। # प्रधान-सम्पादक)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !