७ बैशाख २०८१, शुक्रबार

टेकु अस्पतालले माग्यो कोरोनाको उपचार गर्न ४४ स्वास्थ्यकर्मी


टेकु अस्पताल

९ चैत, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न ४४ स्वास्थ्यकर्मी माग गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला देशकै एकमात्र सरुवा रोग अस्पतालले ३ महिनाका लागि कर्मचारी माग गरको हो ।

माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स छन् । अस्पतालले आइतबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई ५ दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।स्वास्थ्यकर्मी माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !