कोरोना भाइरसको संक्रमणवाट रियल मड्रिडका पूर्व अध्यक्षको मृत्यु Nepalpatra कोरोना भाइरसको संक्रमणवाट रियल मड्रिडका पूर्व अध्यक्षको मृत्यु
२५ फाल्गुन २०७७, मंगलबार

कोरोना भाइरसको संक्रमणवाट रियल मड्रिडका पूर्व अध्यक्षको मृत्यु


लोरेन्जो सान्ज

९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणवाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो ।

कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटर मार्फत जानकारी दिएका छन् । रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्व अध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ ।

लोरेन्जोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले २ पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !