११ बैशाख २०८१, मंगलबार

कोरोना भाइरस महामारी : इटलीमा एकै दिनमा ७९३ को मृत्यु


कोरोना भाइरस इटलीमा मृत्यु

९ चैत, काठमाडौं । इटलीमा कोरोना भाइरसको संक्रमणवाट शनिबार मात्रै एकै दिन अहिलेसम्मकै उच्च ७९३ जनाको मृत्यु भएको छ । इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८२५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १५६४ ले बढी हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६५५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३५७८ छ । यीमध्ये २८५७ को अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !