१३ बैशाख २०८१, बिहिबार

देशभर थप ५४२ जनामा कोरोना संक्रमण, ४२१ जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०८२ जनामा पिसिआर परिक्षण गर्दा २२४ जना र २८४८ जनामा एन्टीजेन परिक्षण गर्दा ३१८ जना गरी जम्मा ४९३०* नमुनाको परीक्षण गर्दा ५४२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७७ हजार ३५८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९९० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा १०७ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर ५२६५ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५०६७ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ६५ हजार ३०८ पिसिआर परीक्षण भएको छ भने १३ लाख २७ हजार ८१३ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !