११ बैशाख २०८१, मंगलबार

काठमाडौँ उपत्यकामा २४९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका लगायत ठाउँठाउँमा वर्षा र हिमपात फाइल फोटो

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १८३ जना, ललितपुर जिल्लामा ५९ जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा हिजो ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा हिजो भन्दा आज कोरोना संक्रमण घटेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २९२२, ललितपुर ८६८ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ३८७९ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !