काठमाडौँ उपत्यकामा एकैदिन ३०० जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौँ उपत्यकामा एकैदिन ३०० जनामा कोरोना संक्रमण पुष्टि
२१ मंसिर २०७९, बुधबार

काठमाडौँ उपत्यकामा एकैदिन ३०० जनामा कोरोना संक्रमण पुष्टि


सफा काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २२९ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा १८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा हिजो ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा हिजो भन्दा आज कोरोना संक्रमण घटेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३००९, ललितपुर ८४६ र भक्तपुरमा १०१ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ३९५६ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !