१३ बैशाख २०८१, बिहिबार

एकैदिन ८६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६१४ जनामा पिसिआर परिक्षण गर्दा ४९६ जना र ३०९१ जनामा एन्टीजेन परिक्षण गर्दा ३७२ जना गरी जम्मा ६७०५* नमुनाको परीक्षण गर्दा ८६८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७३ हजार ८१९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५८८५ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५६७१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६४ जना आईसीयू र जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ४५ हजार ६५ पिसिआर परीक्षण भएको छ भने १३ लाख ८ हजार १४७ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !